स्थानीयको आवतजावतका लागि आजदेखि तातोपानी नाका खुला



सिन्धुपाल्चोक । चीनसँगको उत्तरी सीमानाका तातोपानी स्थानीयको आवतजावतका लागि आजदेखि खुला भएको छ । लामो समय आवागमन बन्द रहेको नाका आजबाट खुलेको हो ।

गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको थियो ।

२०७२ सालको भूकम्पयता तातोपानी नाका बन्द हुँदै आएकोमा तीन महिनाअघिदेखि मालवाहक सवारीको आवतजावत खुलेको थियो ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले यसअघि मानिसको आवतजावत खुल्न नसकेकोमा आजदेखि स्थानीयको आवागमन खुला भएको बताए ।

प्रतिक्रिया दिनुहोस्