आज बढ्यो सुनको मूल्य, कतिमा हुँदैंछ किनबेच ?



काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार सात सय निर्धारण गरिएकोे छ

अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार एक सयमा कारोबार भएका सुनको मूल्य आज प्रतितोला ६ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय ५० कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख १० हजार पाँच सय ५० थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार चार सय ६५ तोकिएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्