
काठमाडौँ । सर्वोच्च अदालतमा आजदेखि अटोमेसन प्रणालीद्वारा पेशी तोक्न सुरू हुँदैछ ।
प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठले आज सो प्रणालीअनुसार पेशी तोक्ने प्रणालीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
अदालतको पेशी व्यवस्थापनलाई पारदर्शी बनाउन अटोमेसनबाट पेशी तोक्न लागिएको सर्वोच्च अदालतले जनाएको छ।





