आज सुनको मूल्य स्थिर, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौं । नेपाल सुनचाँदी व्यवासायी महासंघले आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको जनाएको छ ।

महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार १०० रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५५० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुन र तेजाबी सुनको मूल्य यही कायम थियो ।

सुनको मूल्य स्थिर कायम भए पनि आइतबार चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आइतबार चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । यससँगै आइतबार चाँदीको मूल्य तोलामा १४ सय ६५ रुपैयाँ कायम छ ।

प्रतिक्रिया दिनुहोस्