
काठमाडौँ । बिहीबार सेयर बजार घटेको छ । यस दिन नेप्से परिसूचक ३१.५२ अंकले घटेर २०१३.९३ विन्दुमा पुगेको छ ।
बिहीबार १ अर्ब ५५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज सूचीकृत सबै समूह घटेका छन् ।
यस दिन २७५ कम्पनीको ४६ लाख ५७ हजार भन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ७ करोड ८७ लाख रुपैयाँभन्दा कारोबार रकममा सोल्टी होटेल अग्रस्थानमा रहेको छ ।





