
काठमाडौँ । संसदको अवरोध हटाउन दलहरुबीच दुई बुँदे सहमति भएको छ ।
राष्ट्रिय मान्यताप्राप्त दलहरुबीच सुन तस्करीका विषयमा छानबिन गर्न जाँचबुझ आयोग गठन गर्ने सहमति भएको हो ।
बुधबार बसेको बैठकमा सुन तस्करीको छानबिन गर्न आयोग गठन गर्ने विषयमा दुई बुँदे सहमति भएको हो ।





