
रसुवा । रसुवामा २ किलो सुनसहित एकजना पैदलयात्री पक्राउ परेका छन्।
टिमुरेबाट हिँडेर स्याफ्रुबेँसी आइरहेका २४ वर्षीय सुदीप शेर्पा बिस्कुटको आकार बनाइएको सुनसहित पक्राउ परेका रसुवाका प्रहरी प्रमुख डिएसपी ज्योतिराम केसीले बताएका छन् ।
स्याफ्रुबेँसीबाट गएको नियमित प्रहरी चेकिङ टोलीले सुराक आएपछि उनलाई रोकेर खानतलासी गरेको थियो । शेर्पाले सेतो रङको टिसर्टभित्र लगाएको कालो चेस्टगार्डमा सुन राखेर ल्याएका थिए।
सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ पोखरीका शेर्पाले सोधपुछका क्रममा उक्त सुन सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भई अहिले रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ टिमुरे बस्ने फुसाङ्वु शेर्पाले आफूलाई दिएको बताएका थिए।





