हाजिरी जवाफ प्रतियोगीता तथा एसइइ सम्मान कार्यक्रम सम्पन्न



नेपाल कम्युनिष्ट पार्टी (एमाले)  बूढानीलकण्ठ ११ नं. वडा कमिटीको आयोजनामा अन्तर विद्यालय हाजिरी जवाफ प्रतियोगीता तथा एसइइ २०७९ सम्मान कार्यक्रम सम्पन्न भएको छ । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बागमति प्रदेश कमिटी सदस्य तथा बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) मधेश प्रदेश कमिटी सदस्य शुसिला भण्डारी, नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला कमिटी सदस्य तथा ११ नं. वडा अध्यक्ष राजु अधिकारी नेपाल कम्युनिष्ट पार्टी (एमाले)  बूढानीलकण्ठ  नगर कमिटी अध्यक्ष प्रदिप डगोंल लगायत नेता कार्यकर्ता तथा वडा भित्रका विद्यालयहरुका प्र.अ.तथा विद्यार्थीहरुको बाक्लो उपश्थिति रहेको थियो ।

८ वटा विद्यालयका ९ टिम सहभागी हाजिरी जवाफ प्रतियोगीतामा साम्तेन मेमोरियल एजुकेशनल एकेडेमी प्रथम,ज्ञानप्रकाश एकेडेमी द्धितिय र शारदा एकेडेमी तृतिय तथा जनजागृती मा.वि.ले सान्त्वना पुरस्कार जित्न सफल भएका थिए उक्त हाजिरी जवाफ प्रतियोगीताको संचालन महेश्वर के.सी. ले गरेका थिए भने उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बूढानीलकण्ठ ११ नं. वडा कमिटीले एसइइ २०७९ मा उत्कृष्ट नतिजा ल्याउने बिद्यालय र विद्यार्थीहरुलाई प्रमुख अतिथि प्रथम देखि सान्तोना पुुरस्कार विजेता खेलाडीहरुलाई डा.राजन भट्टराई लगायतले सम्मानका साथै प्रशंसा पत्र तथा नगद पुरस्कार समेत वितरण गरेका थिए ।

कार्यक्रममा विभिन्न समयमा वडा कमिटिलाई विषेश सुझाव,तथा निरन्तर सहयोग गर्ने समाजसेवीहरु गोविन्द प्रसाद चौलागाई ,रामचन्द्र श्रेष्ठ, दुर्गा बहादुर भण्डारी तथा सुनिल वस्नेत लाई विषेश सम्मान गरिएको थियो ।कमिटिका  अध्यक्ष कृष्ण भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले) काठमाडौँ जिल्ला कमिटी सदस्य तथा ११ नं. वडा अध्यक्ष राजु अधिकारी, बागमति प्रदेश कमिटी सदस्य तथा बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख मिठाराम अधिकारी र डा. राजन भट्टराईले सम्बोधन गदै शिक्षाको क्षेत्रमा रचनात्मक काम गर्न वडा कमिटिलाई सुझाव दिएका थिए भने कार्यक्रमको संचालन कमिटिका सचिव अँगुर पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्