नेकपा एमाले बूनपा ११ ले हाजिरजवाफ तथा सम्मान कार्यक्रम गर्दै



काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठ ११ नं. वडा कमिटीले जननेता मदन भण्डारीको जन्मजन्तीको अवसरमा अन्तर विद्यालय हाजिरजवाफ प्रतियोगिता तथा एसइइ सम्मान कार्यक्रम गर्ने भएको छ ।

वडाभित्र रहेका प्रत्येक विद्यालयका उत्कृष्ट छात्रछात्राहरुलाई आउदो  साउन  २७ गते शनिबारको दिन विहान ११ बजेदेखि सम्मान गरिने वडा कमिटीका अध्यक्ष कृष्ण भट्टराईले परिवर्तन खबरलाई बताए ।

सम्पूर्ण जनसमुदाय, पार्टी कमिटीका नेता, कार्यकर्ता, शुभचिन्तकहरुलाई उपस्थितिको लागि कमिटीका अध्यक्ष भट्टराईले आमन्त्रण गरेका छन् । कार्यक्रमको प्रमुख अतिथिको रुपमा नेकपा एमाले स्थायी कमिटी सदस्य तथा विदेश विभाग प्रमुख डा. राजन भट्टराई, विशेष अतिथि बागमती प्रदेश कमिटी सदस्य तथा नगरप्रमुख मिठाराम अधिकारी, जिल्ला अध्यक्ष दिपक निरौला लगायत अन्य नेताहरुसमेत सहभागी हुने आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्