तथ्यहिन समाचार छाप्दै गोरखापत्र



काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको देशकै जेठो राष्ट्रिय दैनिक ‘गोरखापत्र’ले वडाध्यक्षकै घर खोलामाथि शिर्षकमा प्रकाशन गरेको समाचारप्रति टिप्पणी गर्दै तथ्यहिन समाचार प्रकाशन गरेकोप्रति वडाध्यक्ष नवराज भट्टराईले दुःख व्यक्त गरेका छन् ।

बूढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित रुद्रमति सरसफाई, हरियाली प्रवर्द्धन तथा सौन्दर्यकरण अभियानको समिक्षा कार्यक्रममा बोल्दै बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता एवम् वडा नं. १० का वडाध्यक्ष भट्टराईले दशकौंदेखि निजी स्वामित्वमा रहेको आफ्नो घरलाई गोरखापत्र जस्तो प्रतिष्ठित राष्ट्रिय दैनिकले तथ्यहिन समाचार प्रकाशन गरी आफ्नो सामाजिक जीवनमा खलल पुर्याएकोप्रति खेद् प्रकट गरेका छन् । साथै उनले गोरखापत्रमा प्रकाशन गरिएको समाचार अनुसार आफ्नो घर खोलामाथि भए आजै भत्काउन शुरु गरिने बताए ।

बूढानीलकण्ठ नगरपालिकाभरीकै युवा वडाध्यक्षका रुपमा लोकप्रिय बनेका भट्टराईको राजनीतिक छवीदेखि डराउनेहरुले सुनियोजित कु–प्रचार गरी उनको राजनीतिक जीवनमा अवरोध पुर्याउन खोजेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्