सुन प्रकरण : अनुसन्धानको जिम्मा प्रहरीलाई दिइयो



काठमाडौँ । राजस्व अनुसन्धान विभागले क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानको काम नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । विभागले आइतबार सुन प्रकरणमा संकलन भएका सबै प्रमाण र तथ्यहरू प्रहरीलाई जिम्मा लगाएको हो ।

अब यो प्रकरणका अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले अघि बढाउने भएको छ । विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार सुन तस्करी प्रकरणको बृहत् अनुसन्धान गर्नुपर्ने भएकोले प्रहरीलाई जिम्मा दिने निर्णय भएको जनाइएको छ ।

यही ३ साउनमा राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास भएर सिनामंगल पुर्‍याइएको एक क्विन्टल सुन बरामद गरेको थियो । सुन बरामद भएको १६ दिन पछि प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहालले अनुसन्धान प्रहरीबाट गर्न निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्