जङ्गली च्याउ खाँदा एकको मृत्यु



जाजरकोट । जङ्गली च्याउ खाँदा जाजरकोटमा एकै परिवारका छोराको मृत्यु भएको छ भने आमा सिकिस्त बिरामी परेकी छिन् ।

विषालु च्याउ खाँदा बारेकोट गाउँपालिका–४ का १८ वर्षीय तुलबहादुर सार्कीको आज मृत्यु भएको हो । मृतककी ५० वर्षीया आमा किविली सार्की सिकिस्त बिरामी परेको जनाइएको छ ।

आमाछोराले जङ्गलबाट ल्याएको च्याउ खाएका थिए । च्याउ खाएलगत्तै आमाछोरा बेहोस भएका र केही समयमै छोराको मृत्यु भएको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए ।

प्रतिक्रिया दिनुहोस्