नेकपा एमाले बूढानीलकण्ठ–१० ले नागरिक अन्तरक्रिया कार्यक्रम गर्दै



काठमाडौं । नेकपा एमाले बूढानीलकण्ठ १० नंं. वडा कमिटीले नगरप्रमुख, उपप्रमुखसहित जनप्रतिनिधिसँग नागरिक अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

साउन २० गते (भोलि) शनिवार बिहान ७ बजे वडा नं. १० को मिलनचोक पार्टी भेन्युमा आयोजना गरिने अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिसहित नेकपा एमालेका नेता, कार्यकर्ता लगायत आमनागरिकहरुको समेत उपस्थिति रहने वडा कमिटिका अध्यक्ष जगत निरौलाले परिवर्तन खबरलाई जानकारी गराए ।

कार्यक्रममा नेकपा एमाले समर्थक मात्र नभई सबै नागरिकहरुले सहभागी हुन पाउने कमिटिका उपसचिव नवराज देउजाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्