
दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–७ टोपाटारमा पहिरोमा पुरिएर एक बालकको मृत्यु भएको छ ।
पहिरोमा तीन जना बेपत्ता भएका छन् । पहिरोमा पुरिएर तीन वर्षीय बालक प्रिन्स थामीको मृत्यु भएको वडा नम्बर- ७ का वडाध्यक्ष सोनाम शेर्पाले जानकारी दिए ।
बेपत्ता हुनेहरूमा स्थानीय ५५ वर्षका कृष्णबहादुर मगर, ५२ वर्षकि उनकी श्रीमती देव मगर, ५४ वर्षका हरिलाल श्रेष्ठ रहेका छन्। उनीहरूको खोजी भइरहेको छ ।





