२८ अंकले घट्यो नेप्से परिसूचक



काठमाडौँ । सेयर बजारको वृद्धि फेरि टिक्न सकेन । मंगलबार नेप्से सूचक २८.५९ अंकले घटेर २०७७.५८ विन्दुमा आएको छ । १ अर्ब ९२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो । यो औसतभन्दा कम कारोबार रकम हो ।

मौद्रिक नीतिपछि लगातार घटेको बजार सोमबार सम्हालिएको थियो । तर, यो वृद्धिले मंगलबार निरन्तरता पाउन सकेन । बजार पुनः २१ सय विन्दुमुनि आएको छ । आम लगानीकर्ताका लागि मनोवैज्ञानिकरुपमा ठूलो प्रभाव पार्ने यस्तो विन्दुभन्दा नेप्से तल आएपछि मंगलबार झन् ठूलो अंकले बजार घटेको छ ।

प्रतिक्रिया दिनुहोस्