अवरुद्ध मुग्लिन-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा



काठमाडौँ । पहिरोले अवरुद्ध बनेको चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ।

आइतबार बिहान साढे नौ बजेदेखि पूर्ण रूपमा अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड पहिरो पन्छाएपछि सञ्चालनमा आएको हो ।

इच्छाकामना गाउँपालिका-६ स्थित कालीखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

प्रतिक्रिया दिनुहोस्