
काठमाडौँ । मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी भएपछि सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आइतबार नेप्से २६.७३ विन्दुले घटेर २१००.३४ अंकमा पुगेको छ ।
यसअघि मौद्रिक नीति सार्वजनिक हुने दिन बजार २२२७.१६ विन्दुमा बन्द भएको थियो । त्यसपछि लगातार बजार घटेको हो । यसबीचमा बजार करिब १२७ अंक घटिसकेको देखिन्छ । आइतबार करिब २ अर्ब ५० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
५० लाखसम्मको कर्जामा जोखिमभार १०० प्रतिशतमात्र गरिएपनि लगानीकर्ता खुशी हुन सकेका छैनन् । यस दिन २६६ कम्पनीको ६८ लाख ६० हजार कित्ता सेयर कारोबार भएको छ ।





