स्वास्थ्य मन्त्रालयद्वारा देशभरका औषधी पसलमा अनुगमन



काठमाडौँ । स्वास्थ्य मन्त्रालयले सोमबार देशभरका औषधी पसलमा अनुगमन गरेको छ ।

मन्त्रालयले काठमाडौं उपत्यका लगायत देशभरका औषधी पसलमा एकसाथ अनुगमन गरेको हो । काठमाडौंमा रहेका केही औषधी पसलको अनुगमनमा औषधि व्यवस्था विभागका प्रतिनिधिसहित स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत निस्किएका थिए ।

सो क्रममा औषधि पसलमा म्याद गुज्रिएका औषधीहरू राखेको पाइएको थियो भने बेच्ने अनुमति नपाएका औषधीहरू पनि राखिएको भेटिएको छ ।

नमूना प्रति औषधी र म्याद गुज्रिएका औषधी भेटिएपछि ललितपुरमा एक औषधी पसललाई कारवाही समेत गरिएको छ । मन्त्री बस्नेतले औषधी पसललाई व्यवस्थित गर्न र जिम्मेवार बनाउनका लागि सरकारले अनुगमन गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्