विमानस्थलबाट बरामद भएको सुनमा मेरो कुनै संलग्नता छैन : दीपक मल्होत्रा



काठमाडौँ । व्यवसायी दीपक मल्होत्राले मंगलबार त्रिभुवन विमानस्थलबाट बरामद भएको सुनमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर मल्होत्राले बरामद भएको सुनमा आफूले नल्याएको बताएका हुन् ।

राजश्व अनुसन्धान विभागले हिजो भन्सार जाँच पास भएर बाहिरिएको झण्डै १०० किलो सुन बरामद गरेको थियो । बरामद भएको सुन व्यवसायी मल्होत्राको भएको दाबी गर्दै एक पत्रिकाले बिहीबार समाचार छापेको थियो । मल्होत्राले उक्त समाचारप्रति आपत्ति जनाएका छन् ।

उनले उक्त समाचारमा आफ्नो तस्बिर राखिएको र यसबारे आफूलाई सम्पर्क पनि नगरेको दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्