
काठमाडौं । सुनधारा स्थित काठमान्डौ मलमा शुक्रवारबाट सुन्दरताका पारखीहरुलाई मध्य नजर गर्दै ञहेयर वेज बिउटि एकेडेमीझ सञ्चालनमा आएको छ ।
अभिनेत्री गौरी मल्ल र अभिनेता प्रशान्त ताम्राकारको उपस्थितिमा ‘हेयर वेज बिउटि एकेडेमी’को उद्घाटन गरिएको हो प्रशान्त र गौरी मल्लले उद्घाटनमा रिबन काट्दै संस्थाकी संस्थापक रिना निरौलालाई सफलताको कामना गरेका थिए । लामो समय देखी यसै पेसा(सौन्दर्यको क्षेत्र)मा आबद्ध रहँदै आएकी रिना निरौलाले आफ्नै लगानीमा मलको चौथो तलामा सो एकेडेमी सञ्चालनमा ल्याएकी हुन् ।
रिना सँगै निर्मला खतिवडाको पनि यस एकेडेमीमा लगानी रहेको छ । एकेडेमीमा सुन्दरताका पारखीका लागि हेयर, मेकअप र नेल आर्टको अध्यापन संगै ट्रेनिङ समेत सञ्चालन गरिने निरौलाको भनाइ छ । साथै, सञ्चालकको तर्फबाट अतिथिलाई बुके प्रदान गर्दै आफ्नो नयाँ काममा साथ दिएकोमा रिनाले धन्यवाद समेत ज्ञापन गरेकी थिइन ।





