आज सुनचाँदीको मूल्य स्थिर



काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ७५० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । यो मूल्य हिजोकै बराबर हो ।

यस्तै आज चाँदीको भाउ पनि स्थिर रहँदै तोलाको १ हजार ३९५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तोलामा २० रुपैयाँले बढेर चाँदी १ हजार ३९५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्