
काठमाडौँ । लगातार तीन दिन ओरालो लागेपछि नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ । यस दिन सूचक १२.७३ अंकले बढेर २०८८.७० विन्दुमा आएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
यसअघि ३ दिनमा नेप्से परिसूचक कुल ११०.३९ अंकले घटेको थियो । मंगलबार सूचक वृद्धि भएपनि कारोबार रकम भने प्रभावित भएको छ ।





