हनुमानढोका परिसरमा सवारी साधन निषेध



काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले काठमाडौंको हनुमान ढोका परिसरमा सवारी साधन प्रवेशमा रोक लगाएका छन् ।

आज बिहान सामाजिक सञ्जालमार्फत मेयर शाहले हनुमान ढोका परिसरभित्र सवारी साधन प्रवेशमा रोक लगाएको जानकारी उल्लेख गरेका हुन् ।

उनले प्राचिन सम्पदाको मौलिकता र सौन्दर्यतालाई जोगाउनका लागि सवारी प्रवेशमा रोक लगाइएको बताएका छन् ।

उनले काठमाडौँ मुख्यरुपमा प्राचिन र ऐतिहासिक कालीगढीको उदाहरण रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्