जननेता मदन भण्डारीको ७२ औं जन्मजयन्तीमा बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न



नेकपा (एमाले) का पुर्व महासचिव जननेता मदन भण्डारीको ७२ औं जन्मजयन्तीको अवसर मा नेकपा एमालेको केन्द्रिय वन तथा वातावरण विभागले बृहत वृक्षारोपण कार्यक्रम गरी आफ्नो नेताको जन्मजयन्ती मनाएको छ ।

नेकपा (एमाले)ले मनाइरहेको मदन जयन्ती सप्ताह अन्तर्गत वृक्षारोपण कार्यक्रम आयोजना गरिएको थियो । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेलको प्रमुख अतिथ्यता र वन तथा वातावरण विभाग प्रमुख भारती पाठकको अध्यक्षतामा काठमाडौंको मुलपानी स्थित चखण्डोल सामुदायिक वनमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । उक्त अवसरमा प्रमुख अतिथी, विभागका अध्यक्ष लगायतले स्वर्गीय भण्डारी प्रती श्रद्धा सुमन ब्यक्त गर्दै उहाँले ब्यक्त गर्नु भएको बिचार तथा मार्गदर्शनको बारेमा चर्चा गर्नु भएको थियो ।

वरिष्ठ उपाध्यक्ष  पोख्रेलले मदन भण्डारीले कम्युनिस्ट आन्दोलनलाई दिएको योगदानको बारेमा चर्चा गरेका थिए। एमालेका विज्ञ समुहको रुपमा रहेका विभागहरुले यस्तै रचनात्मक काम गरेमा एमालेको जनसंगठनहरु बलियो हुँदै जाने र वृक्षरोपण जस्ता अभियानहरु देशव्यापी रुपमा गर्दै जाने हो भने पर्यावरण हरभारा हुने र वातावरणका प्रतिकुल असरहरु पनि न्युन हुने कुरामा आफू विश्वस्त रहेको बताए । यो अभियानले समग्र जलबायु परिवर्तनका बिरुद्द लडन हामी सवैलाई उर्जा दिएको बताउदैं उहाले यस्ता अभियान सवैले सुरुवात गर्नुपर्ने बताउनु भयो । 

वृक्षारोपण कार्यक्रममा स्थानिय जनता, विभागका पदाधिकारी तथा सदस्यहरु, वागमती प्रदेश कमिटिका सदस्य तथा दुई नम्बर क्षेत्रका एमालेका उमेद्वार, एवम वातावरण एवं युवा जलवायु अभियान्ताहरुको बाक्लो उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बिभिन्न प्रजातिका २०० भन्दा बढी फलफुलका विरुवाहरु रोपिएको चखण्डोल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष राजेश कट्टेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्