ललिता निवास जग्गा प्रकरण : थप दुई जना पक्राउ



काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा थप दुई जना पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सोमबार थप दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीका तत्कालीन अधिकृत रमेशकुमार पोखरेल र नक्कली मोही देवनारायण महर्जन रहेका छन् ।

उनीहरूमाथि ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजान सरकारी कागज किर्ते गरेको आरोप लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्