५३.७० अंकले घट्यो नेप्से परिसूचक



काठमाडौँ । आइतबार नेप्से परिसूचक ह्वात्तै घटेको छ । आइतबार नेप्से परिसूचक ५३.७० अंकले घटेर २०९७.२९ विन्दुमा पुगेको छ । आइतबार २ कम्पनीमा सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, ५ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आइतबास नेप्सेका सबै उपसमूहहरु घटेका छन् ।

सूचक पुनः लगानीकर्ताको मनोविज्ञान नाप्ने २१ सय विन्दुभन्दा तल आएको हो । यसअघि बजार इन्ट्रा डेमा २२ सय विन्दुभन्दा माथिसम्म पुगेको थियो । नाफा भएकाहरुले बिक्री गरे पनि बजारमा क्रेता पक्ष राम्रै रहेको देखिएको छ । नेप्से दोहोरो अंकले घटेका बेला पनि कारोबार रकम औसतमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्