
काठमाडौं । पहिरो खसेर चितवनको मुग्लिन-नारायणगढ सडकखण्ड अवरूद्ध भएको छ।
बिहीबार साढे १२ बजे इच्छाकामना गाउँपालिका-६ मुग्लिन-नारायणगढ सडकखण्डको तीन नम्बर पुल नजिकै पहिरो खसेको हो।
पहिरो खसेर अहिले सडक अवरूद्ध भएको मुग्लिनका ट्राफिक प्रहरी इन्चार्ज सईले जानकारी दिए। पहिरो पन्छ्याउने काम भइरहेको उनले बताए।
त्यस ठाउँमा बुधबार साँझ देखि नै पहिरो खसिरहेको उनले बताए।





