पाँचथरमा विशाक्त च्याउ खाँदा ९ जना बिरामी



पाँचथर । पाँचथरमा विशाक्त च्याउ खाँदा ९ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकाका गरी ९ जना बिरामी परेका हुन् ।

कुम्मायक–१ भदौरेका लीला थापा, हेमन्ता थापा, इन्द्रमाया नेपाली र हर्कबहादुर दर्जी विशाक्त च्याउ खाएर बिरामी परेका हुन् ।

उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि झापाको बिर्तासिटी अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्