यो वर्ष धानका लागि रासायनिक मलको अभाव हुँदैन : मन्त्री भुसाल



काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.बेदुराम भुसालले यसवर्ष रासायनिक मलको अभाव नहुने दाबी गरेका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिँदै उनले यसवर्ष धानका लागि रासायनिक मलको अभाव नहुने बताएका हुन् ।

उनका अनुसार देशभरका कृषि सामाग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनका डिपोहरुमा ७८ हजार ४२२ मेट्रिक टन मल मौज्दात रहेको छ ।

प्रतिक्रिया दिनुहोस्