काठमाडौं आइपुगे अलिबाबाका संस्थापक ज्याक मा



काठमाडौं । अलिबाबाका संस्थापक ज्याक मा नेपाल आएका छन्।

हङकङ बिजनेश एभिएसनको जहाज चार्टर्ड गरी उनी मंगलबार दिउँसो काठमाडौं आइपुगेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनीसहितको सात जनाको टोली काठमाडौंको नक्सालस्थित मेरियट होटलमा पुगेका छन्।

५ जना चिनियाँ नागरिक, एक जना डेनमार्कका र एक जना अमेरिकी नागरिक नेपाल आएका हुन्।

प्रतिक्रिया दिनुहोस्