११.६९ अंकले बढ्यो नेप्से परिसूचक



काठमाडौँ । सेयर बजारले उकालो यात्रालाई सोमबार पनि कायमै राखेको छ । यस दिन नेप्से सूचक ११.६९ अंकले बढेर २१२९.४२ विन्दुमा पुगेको छ । बैंकिङ प्रणालीमा देखिएको तरलतामा सहज बन्दै गएपछि सेयर बजारमा पनि सकारात्मक प्रभाव देखिएको हो ।

सोमबार २७९ कम्पनीको ११ करोड १९ लाख ३ हजार ६८७ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३१ करोड २४ लाख २२ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

पछिल्लो समय सेयर बजार बढिरहँदा लगानीकर्ताहरुले सेक्टर परिवर्तन गर्दै लगानी गरेको देखिन्छ । सोमबार माइक्रोफाइनान्स समूहमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ । यसअघि, होटल तथा पर्यटन समूह र बिमा जनसमूहहरूमा लगानीकर्ता झुम्मिएका थिए ।

बैंकिङ प्रणालीमा तरलता सहज हुँदै जाँदा ब्याजदर पनि घट्न थालेको छ । हिमालयन लाइफ इन्स्योरेन्सको भाउ १० प्रतिशतले बढेको छ । शिवम् सिमेन्ट्सको सबैभन्दा बढी ४२ करोड ५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्