
काठमाडौँ । प्रतिनिधिसभामा दाङ र बागलुङमा चट्याङबाट भएको जनधनको क्षति, बाढीपहिरोका घटना, सप्तरीमा अन्तरजातीय विवाहपछि उत्पन्न विवाद र जिल्ला निर्वाचन कार्यालयको खारेजीसम्बन्धी प्रश्नका विषयले प्रवेश पाएको छ ।
सभामुख देवराज घिमिरेले सदन प्रारम्भ भएको घोषणा गर्नासाथ आकस्मिक समय माग गर्दै सांसद दीपक गिरीले दाङ र बाग्लुङमा चट्याङबाट चार जनाको मृत्यु भएको घटनाबारे बैठकलाई जानकारी गराए ।
दाङमा दुई दिनअघि युवा किसान रामनारायण चौधरी र समीर केसीको चट्याङबाट दुई किसानको मृत्यु भएको तथा रुपा राना घाइते भएको जानकारी दिँदै पीडित परिवारलाई प्रतिपरिवार रु १० लाख राहत उपलब्ध गराउन माग गरे।





