नेकपा एमाले नागार्जुन नगरकमिटीले नगरप्रमुख मोहनबहादुर बस्नेतलाई बुझायो १३ पृष्ठको ध्यानाकर्षण पत्र



नेकपा एमाले नागार्जुन नगर कमिटीले नागार्जुन नगरपालिकाका नगरप्रमुख मोहोन बहादुर बस्नेत समक्ष १३ पृष्ठ को ध्यानाकर्षण पत्र बुझाएको छ ।

नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य भगवान राज घले, काठमाडौ जिल्ला कमिटी सचिवालयमा सदस्य सपना अर्याल, नागार्जुन नगरकमिटी अध्यक्ष नन्दन हरि गौतम, उपाध्यक्ष श्याम राजा पुरी, नगरककमिटी अन्य पदाधिकारीहरु, वडा कमिटी पदाधिकारी, नगरपालिकामा बसोबास गर्ने स्थानीयवासीको उपस्थितिमा नगरको समस्त बिकास लाई लिएर आउँदै गरेको नगर अधिवेशनवाट गर्नैपर्ने विकास निर्माण, स्वास्थ, शिक्षा, रोजगार, पर्यटन, सुरक्षा, सुशासन, कर्मचारीको ब्यवस्थापन, शून्य भ्रष्टाचारको नीति नगरबस, नगर रिङ्गरोड खानेपानी, सडक बत्ति, स्वास्थ्यचौकी, सूचना र प्रविधिकको प्रयोग (नगर एप) ब्यक्तिगत घटना दर्ता, सार्बजनिक जग्गाको संरक्षण, राजनीति दल र नगरपालिकाको समन्वय जस्ता विषय समेटिएको १३ पृष्ठको ध्यानाकर्षण पत्र नगर प्रमुख समक्ष बुझाइएको छ ।

नगर प्रमुख मोहन बहादुर बस्नेतले ध्यानाकर्षण पत्र बुझ्दै स्रोत र साधनले  धान्ने गरि नगरको बिकासको लागि सबै पक्षहरुको राय सल्लाहलाई समेट्न कोशिष गर्ने कुरा बताए ।

ध्यानाकर्षण पत्र बुझाउदै नेकपा एमाले नगर कमिटी अध्यक्ष नन्दन हरि गौतमले नगर बिकासमा नगरपालिका सहयोग गर्ने तर नगरपालिका मनोमानी ढङ्गबाट बजेट बनाउने आफ्नो मनोमानी ढङ्गले खर्च गर्ने नगर बिकासको ठोश आधार नदेखिने बजेट आएमा, नगरका कर्मचारीतन्त्र हावी हुने रोजगार शिक्षा, स्वास्थ्य खानेपानी, यातायात, बिकास निर्माण सुरक्षा जस्ता कुराहरुमा नगरपालिका जिम्मेवार बिहिन ढङ्गले आएमा आन्दोलन गर्न हामी तयार रहेको कुरा बताए । साथै नगरपालिकाको आगामी कार्यक्रम र आउँदो बजेटबाट थप आन्दोलनको कार्यक्रम घोषणा गर्नेकी नगर्ने भन्ने कुरा बताए ।

प्रतिक्रिया दिनुहोस्