
बुधवार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरणपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपालको लागि चिनियाँ राजदूत छन् सोङले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ हवाईरुट हुनु नयाँ उपलब्धि भएको बताएका छन्।
नयाँ हवाई रुटले चीन र नेपालको बीचमा अझ सहज कनेक्टिभिटी हुने र त्यसले बीआरआई परियोजनाको अवधारणामा सहयोग पुग्ने बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको डिजाइन र निर्माण चीन सरकारको सहयोगमा भएको उल्लेख गर्दै अन्ततः अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएकोमा राजदूत सोङले खुशी व्यक्त गरेका छन् ।
नेपाल सरकार र चिनियाँ सरकारी स्वामित्वको ठेकेदार कम्पनी सीएएमसीईबीचको सम्झौतापछि १८ साउन २०७३ मा सम्झौता भएको विमानस्थल निर्माण कार्य सम्पन्न भई करिब ६ महिना अघिदेखि संचालनमा आएको भएपनि आजै मात्र अन्तर्राष्ट्रिय व्यवसायिक जहाज अवतरण भएको हो ।





