
काठमाडौं । माओवादी सशस्त्र द्वन्द्वकालका बालसेनाले जीउधनको सुरक्षा माग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईबाट आफूहरूलाई असुरक्षा भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।
पूर्व बालसेनाहरूको तर्फबाट आफूले असार ६ गते आयोगमा निवेदन दर्ता गरेको लेनिन विष्टले जानकारी गराएका छन् । निवेदनमा, “हाम्रो रिटमाथि यही असार १९ मा साधारण तारेख तोकिएको दिन र त्यसभन्दा अघिपछि पनि निजहरूबाट दुव्र्यवहार हुने सूचना मिलेकोले हामी निवेदक लगायतकालाई शान्ति सुरक्षा लगायतका आवश्यक प्रबन्ध गरी निम्न सूचना उपलब्ध गरीपाउँ।” भनी उल्लेख गरिएको छ ।
द्वन्द्वकालमा तत्कालीन विद्रोही पक्ष नेकपा (माओवादी)द्वारा सञ्चालित जनयुद्धमा प्रयोग गरिएका बालसेनालाई जनयुद्धको नेतृत्वकर्ताद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई लगायतले सम्मानित सर्वाेच्च अदालतमा उनीहरू बिरुद्ध मुद्दा हालेको भनी धाक धम्की दिने, ज्यानै मारी दिन्छौं, सफाया गर्छाैं भन्ने जस्ता मनोवैज्ञानिक दबाब दिई मानसिक यातना दिने, सम्मानित अदालत परिसर भित्र र बाहिर पनि अनावश्यक हुल हुज्जत गरी रहेकोले आफ्नो र परिवारका सदस्यहरुको समेत जिउ धन र वैयक्तिक स्वतन्त्रताको रक्षा गरी पाऊँ भनी निवेदनमा भनिएको छ ।





