बूढानीलकण्ठ–१० ले भोलि ‘योग उत्सव’ आयोजना गर्ने



काठमाडौं । ‘वसुधैव कुटुम्बकमका लागि योग’ भन्ने मुल नाराका साथ बूढानीलकण्ठ नगरपालिका वडा नं. १० को आयोजनामा असार ६ गते(भोलि)अन्तर्राष्ट्रिय योग दिवस (योग उत्सव) मनाउन लागिएको छ ।

उक्त अवसरमा नगरपालिकाको विभिन्न स्थानबाट बिहान ५ः२० बजे कार्यक्रम स्थाल कप-अन फुटसल, बालुवाखानी आइपुग्ने बिहान ५ बजेबाट ‍शान्तिर्याली प्रारम्भ हुन लागेको आयोजकले जनाएका छन् ।

कार्यक्रममा शान्तिर्याली सहित योग उत्सवको प्रयोगात्मक अभ्यास बिहान ५ः३० बाट प्रारम्भ हुने भएकोले नगर प्रवक्ता एवं वडा नं १० अध्यक्ष नवराज भट्टराईले योग प्रेमी सम्पुर्णमा निमन्त्रणा गरेका छन् ।

शान्तिर्यालीको रुटः
१, योग प्रेमी परिवारको बंगलामुखी मन्दिरमा भेला भएर कपन राममन्दिर मनकामना मन्दिर साप्रेढुंगा पुलहुँदै कार्यक्रम स्थल तर्फ जाने ।

२, महिला पतन्जलि योग समिति नेपालको मिलनचौक पार्टी भेन्यूमा भेला भएर सिद्धेश्वर मन्दिर, पञ्चकन्या चौक, आकासेधारा हुँदै कार्यक्रम स्थल तर्फ जाने ।

३, सिद्धेश्वर योग साधना केन्द्रको १० नं वडा कार्यालयमा भेला भई आकासेधारा, प्रहरी बिट मितेरी पुल, भुर्तेल चौक, एकताबस्ती, ज्योतिनगर हुँदै कार्यक्रम स्थल तर्फ ।

४, जीवन विज्ञान तथा पतन्जलि योग समितिका मित्रहरु निखिलेश्वर मन्दिर अघि भेला भएर बालुवाखानी चौक हुँदै कार्यक्रम स्थल तर्फ जाने ।

प्रतिक्रिया दिनुहोस्