समाजवादी मोर्चा आमूल परिवर्तनका लागि हुनुपर्छ : झलनाथ खनाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले समाजवादी मोर्चा सत्ता टिकाउने मोर्चा मात्र बन्न नहुने बताएका छन्।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेपाल कम्युनिस्ट पार्टी सम्मिलित समाजवादी मोर्चा घोषणा कार्यक्रममा उनले मोर्चा आमूल परिवर्तनका लागि हुनुपर्ने बताए।

‘यो मोर्चा सत्ता टिकाउने मोर्चा मात्र नबनोस्, आमूल परिवर्तन गर्ने मोर्चा बनोस्, सम्पूर्ण वामपन्थीलाई एकताबद्ध बनाउने मोर्चा बनोस्’ उनले भने ।

मोर्चालाई अझै व्यापक बनाउनुपर्ने भन्दै खनालले सबै वामपन्थी, समाजवादी र क्रान्तिकारीहरुलाई ल्याउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्