विस्तारवाद र सामन्तवादको अन्त्य समाजवादी मोर्चाले गर्छ : विप्लव



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले नयाँ मोर्चा घोषणा सँगै अब देशको समाजवादी मोर्चाले गर्ने बताएका छन् ।

राष्ट्रिय सभा गृहमा भएको घोषणा कार्यक्रममा आफ्नो भनाइ राख्दै विप्लवले समाजवादी मोर्चाको जन्म दलाल पुँजीवाद रोक्दै देशको नेतृत्व गर्न भएको दाबी गरे ।

विस्तारवाद र सामन्तवाद दुवैको अन्त्यका लागि समाजवादी मोर्चाले काम गर्ने उनले बताए । नेपालमा थुप्रै खालको समस्या अहिले देखिएको भन्दै उनले यसको सम्बोधन समाजवादी मोर्चाले मात्र गर्ने बताए ।

नागरिकमा निराशा र आशाको दोधार देखिएको अवस्थामा समाजवादी मोर्चा नेपालको इतिहासमा एक नयाँ मोड भएको बताए ।

प्रतिक्रिया दिनुहोस्