पाकिस्तानमा बस दुर्घटना, १३ जनाको मृत्यु



इस्लामबाद । पाकिस्तानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । इस्लामाबाद–लाहोर राजमार्गमा भएको दुर्घटनामा पाँच जनाको घटनास्थलमै र ८ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा ३२ जना घाइते भएका छन् । घाइतेमध्ये १९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रहरीका अनुसार दुर्घटना के कारणले भएको हो भन्ने बारे केही खुल्न सकेको छैन । तर, लगातारको वर्षाका कारण बस चिप्लिएर अर्को लेनमा गएको अनुमान गरिएको छ ।

पाकिस्तानको समाचार वेबसाइट‘‘एक्सप्रेस ट्रिब्यून’ का अनुसार दुर्घटना कल्ला कहर क्षेत्रमा भएको हो । सो दुर्घटना हुँदा त्यहाँ पानी परिरहेको थियो ।

तीव्र गतिमा गुडेको बस अर्को लेनमा गएर डिभाइडर पनि भत्काउँदै पल्टिएको थियो ।

गत फागुनमा पनि सोही क्षेत्रमा ठूलो सडक दुर्घटना भएको थियो । जसमा दुईवटा कार ठोक्किए नजिकैको खाल्डोमा खसेका थिए । सो घटनामा १४ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्