विद्युत निर्यात गरेकाले लोडसेडिङ भएको होइन : कुलमान घिसिङ



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत निर्यात गरेका कारण लोडसेडिङ नभएको बताए ।

आइतबार पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक घिसिङले धेरै सबस्टेशन र केही ट्रान्समिसन लाइनमा समस्या आएको बताए । तराई मधेशमा धेरै गर्मी भएकाले विद्युत खपत बढ्दा पनि ट्रान्समिसन लाइनमा समस्या आएको उनको भनाइ छ ।

‘यहाँ बत्ती अफ गरेर निर्यात गरेको होइन’, कार्यकारी निर्देशक घिसिङले अगाडि भने, ‘पिक टाइम बाहेक अरु बेला आपूर्ति बढी नै छ, त्यो निर्यात नै गर्नुपर्छ । निर्यात गरेन भने खेर जान्छ र त्यसको मूल्य हामी (विद्युत प्राधिकरण) ले तिर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्