समाजवादी मोर्चाको घोषणा भोलि हुने



काठमाडौँ । नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा सम्मिलित समाजवादी मोर्चाको घोषणा भोलि हुने भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकले भोलि मोर्चा घोषणा गर्ने निर्णय गरेको हो ।

कार्यदलस्तरमा घोषणापत्र तयार भएसँगै भोलि दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा औपचारिक रुपमा मोर्चाको घोषणा गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्