बिल गेट्स र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच भेट



बेइजिङ । माइक्रोसफ्टका सहसंस्थापक तथा समाजसेवी बिल गेट्सले शुक्रबार चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग भेट गरेका छन् ।

विश्वका सबैभन्दा धनी व्यक्तिमध्येका एक गेट्स पछिल्लो समय चीन भ्रमण गर्ने पश्चिमा व्यापारिक नेतामध्ये एक हुन् ।

विश्वका सबैभन्दा धनी व्यक्ति र सबैभन्दा प्रतिष्ठित परोपकारी व्यक्तिहरूमध्ये एकसमेत मानिने यो चार वर्षमा उनको पहिलो भ्रमण हो ।

चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार गेट्सको भ्रमणका क्रममा चिनियाँ राष्ट्रप्रमुखसँग भेट गरेका हुन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले आइतबार चीन भ्रमण गर्नुअघि भेट गरेका हुन् ।

बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले मलेरिया र क्षयरोगविरुद्ध लड्न चिनियाँ प्रयासलाई सहयोग गर्न पाँच करोड अमेरिकी डलर दिने बिहीबार घोषणा गरेको थियो ।

फाउन्डेसनले गेट्स, बेइजिङ नगरपालिका सरकार र सिङ्घुआ विश्वविद्यालयद्वारा स्थापित बेइजिङस्थित समूह ग्लोबल हेल्थ ड्रग डिस्कभरी इन्स्टिच्युट (जीएचडीडीआई) सँग सहकार्य नवीकरण गर्ने घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्