
काठमाडौं । श्री ईन्द्रमोहन स्मृति सेवा गुठी, धनकुटाले स्थापना गरेको डा.विमला श्रेष्ठ साहित्य पुरस्कार २०७९ फागुन १३ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा विशेष समारोह बीच वरिष्ठ कवि डा.राजेन्द्रप्रसाद अधिकारीलाई अर्पण गरिएको थियो । उक्त सम्मान ग्रहण गर्दै सम्मानित कवि डा.अधिकारीले आप्mनो मन्तव्यको क्रममा प्राप्त पुरस्कार राशी रु २१०००।–मा रु ४०००।– थप गरी जम्मा रु २५०००।–वालगुहका वालवालिकाको अध्ययनका लागि सहयोग गर्न चाहेको बताउँदै उक्त रकम पारिजात स्मृति केन्द्रका कोषाध्यक्ष देविका तिमिल्सिनालाई हस्तान्तरण गरेका थिए ।
उक्त रकम रु २५०००।– को थैली पारिजात स्मृति केन्द्रका कोषाध्यक्ष देविका तिमिल्सिनाले युवा क्रियाकलाप उत्थान केन्द्रका अध्यक्ष श्रीतेजप्रसाद तिम्सिनालाई संस्थाको कार्यालय मुलपानी, काठमाडौंमा एक विशेष कार्यक्रमका बीच हस्तान्तरण गरे । उक्त कार्यक्रममा संस्थाका वालवालिका, शिक्षकहरु तथा कवि डा.राजेन्द्रप्रसाद अधिकारीको समेत उपस्थिति थियो ।
संस्थाका अध्यक्ष तेजप्रसाद तिम्सिनाले कवि डा.राजेन्द्रप्रसाद अधिकारी र पारिजात स्मृति केन्द्रका कोषाध्यक्ष देविका तिमिल्सिनालाई आभार व्यक्त गदै वालवालिकाको हित, संरक्षण र प्रवद्र्धनका लागि सहयोग गर्नु भएकोमा आभार व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग पाइरहने विश्वास व्यक्त गरे ।





