राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकार बैरागीले लिए सपथ



काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्का सल्लाहकारमा नियुक्त भएका निर्वतमान मुख्यसचिव शङ्करदास बैरागीले सपथ लिएका छन् ।

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले आज उनलाई सपथ गराएका हुन् ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले बैरागीलाई सुरक्षा परिषदको सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको थियो । यसअघि आजै प्रधानमन्त्री दाहालको अध्यक्षतामा सिंहदरबारमा परिषद्को बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्