बाघको छाला र हड्डीसहित दुईजना पक्राउ



दाङ । लमही नगरपालिका-९ अमिलियाबाट बाघको छालाजस्तो देखिने ९ फिट ६ इन्च लामो वस्तु १ थान र बाघको हड्डी जस्तो देखिने वस्तु ८ केजी ४ सय ३० ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका-७ बस्ने ३१ वर्षीय बीर बहादुर पुन र रोल्पा माडी गाउँपालिका-३ बस्ने २८ वर्षीय अमलाल घर्ती मगर रहेका छन् ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुर र इलाका प्रहरी कार्यालय अमिलियाबाट संयुक्त रुपमा खटिएको प्रहरीले बा.२० प ९०७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त वस्तुसहित फेला पारी पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्