अराजकता मच्चाउनेलाई सरकारले छुट दिदैंन : गृहमन्त्री श्रेष्ठ



काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पहिचानको नाममा अराजकता मच्चाउनेलाई सरकारले छुट नदिने बताएका छन् ।

आज प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलले कोशी प्रदेशमा आफ्ना नेताहरूलाई पहिचान पक्षधर भनिनेहरूबाट आक्रमण बढेको भन्दै गृहमन्त्रीको जवाफ मागेपछि उनले सो घटनामा संलग्नहरूलाई कारबाही गर्ने प्रतिबद्धता जनाएका हुन् ।

उनले असंवैधानिक, अलोकतान्त्रिक, अशान्ति र ध्वंसात्मक प्रकृतिको गतिविधिलाई राज्य र सरकारले छुट दिन नसक्ने भन्दै संवाद र प्रशासनिक रुपमा विवाद समाधान गर्न सरकार लागिपरेको बताए ।

प्रतिक्रिया दिनुहोस्