बढ्यो सुनको मूल्य, कतिमा हुँदैंछ कारोबार ?



काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदीको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढेको हो।

बिहीबार १ लाख ११ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज शुक्रबार १ लाख १२ हजार ५ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, तेजावी सुन आज १ लाख ११ हजार ९५० रुपैयाँ पुगेको छ।

चाँदीको भाउ प्रतितोला ४० रुपैयाँ बढेर १ हजार ४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्