युथ ओपन फाइभ के रन असारमा



काठमाडौं । एथलेटिक्स परिवार नेपालको आयोजनामा असारको पहिलो साता युथ ओपन फाइभ के रन हुने भएको छ । एथलेटिक्सका युवा खेलाडीलाई प्रवद्र्धन गर्ने उद्धेश्यका साथ दशरथ रंगशालामा असार २ गते प्रतियोगिता हुने आयोजकका अध्यक्ष राजन खत्रीले जनाएका छन् ।

पुरुष र महिला गरि दुई स्पर्धामा सञ्चालन हुने प्रतियोगितामा १४ वर्ष उमेर पुगेका खेलाडीले प्रतिस्पर्धा गर्न पाउने छन् ।

दुवै समूहमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार पाउने छन् । चौथो र पाँचौं हुनेले समान २–२ हजार तथा छैटौंदेखि दशौं स्थानमा रहने खेलाडीले समान १–१ हजारका रुपैयाँ प्राप्त गर्ने छन् ।

प्रतियोगितामा नाम दर्ताका लागि जेठ ३२ गते बिहिबारसम्मको समय तोकिएको छ । खेलाडी दर्ता वल्र्ड ट्रेड सेन्टरको दोस्रो तलामा रहेको एथलेटिक्स परिवार नेपालको सम्पर्क कार्यालयमा गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्