
काठमाडौँ । सेयर बजार बुधबार ४.६८ अंकले बढेको छ । नेप्से सूचक बुधबार ४.६८ अंकले बढेर १९३२.३३ विन्दुमा आएको हो ।
एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
पछिल्ला दिनहरूमा दैनिक सेयर खरिदबिक्री रकम (टर्नओभर) पनि वृद्धि हुन थालेको छ । सामान्यतः नेप्से सूचक सकारात्मक बन्न थालेपछि खरिदबिक्री रकममा पनि वृद्धि हुने गरेको पाइन्छ ।
यस दिन २६१ कम्पनीको ६५ लाख ४१ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३५ रुपैयाँको कारोबार भएको छ ।





