खप्तडलाई पर्यटन तथा धार्मिक केन्द्रका रूपमा विकास गर्छौ : प्रधानमन्त्री प्रचण्ड



खप्तड । प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु भएको छ । मंगलबार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खप्तड क्षेत्रलाई आर्थिक, पर्यटन तथा धार्मिक केन्द्रका रूपमा विकास गर्ने बताएका छन् । यसका लागि छुट्टै कोष वा प्रतिष्ठान बनाउने उनको भनाइ छ ।

खप्तड धार्मिक र पर्यटकीय दृष्टिकोणले सुदूरपश्चिमको केन्द्र रहेको र यसलाई आर्थिक केन्द्र बनाउन सकिने प्रधानमन्त्री प्रचण्डले बताए । तीन दिनसम्म चल्ने सम्मेलनको उद्घाटनमा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, सुदूरपश्चिमका मुख्यमन्त्री मुख्यमन्त्री कमलबहादुर शाह, कांग्रेस नेता रमेश लेखक, एमाले नेता भीम रावल तथा भारतीय धार्मिक गुरु रामदेव र आचार्य बालकृष्णलगायतको उपस्थिति छ ।

प्रतिक्रिया दिनुहोस्